काठमाडौं,१ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

लुम्बिनीलले पछिल्लो खेलबाट पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन ।

सुदूरपश्चिमले पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा पहिलो रोजाइमा फर्किएका छन् भने फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्से पहिलो रोजाइमा खेल्दैछन् ।

स्कटिकस अलराउण्डर म्याकमुलेन आईएल टी२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा खेल्ने भएका हुन् ।
लुम्बिनी लायन्स: रोहित पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अविशेष गौतम, दिलिप नाथ, किशोर महतो, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट र अली शेख ।

सुदूरपश्चिम रोयल्स: दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनास बोहोरा, अनिल खरेल, जर्ज मुस्ले, स्कट कुग्लेजिन, थनुका मदुसन दबारे र थरिन्दु रत्नायके ।