भैरहवा,२८ चैत ।
नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीले नव बर्ष २०८१ को अवसरमा आयाेजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले विमानस्थललाई पूर्णरुपमा सन्चालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अहिलेको समयमा पार्टीलाई एक ढिक्का बनाएर जनताका बिचमा जाने देउवाले बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालनका लागि पहल गर्न पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति अमरसिह पुन, लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतको सहभागीता रहेको थियो ।