बुटवल,२७ चैत ।
रुपन्देहीको धकधईबाट प्रहरीले ४ लाख बढि मुल्यका अबैध सामान बरामद गरको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहीणी गाउँपालिका ३ धकधइबाट ४५ बोरा प्याज, हजार पिस तालाचाबी, २ बोरा चिनी, ४ बाल्टी पेन्ट बरामद गरेको हो ।
बरमद सामानको मूल्य ४ लाख ७० हजार ३२० मुल्य बराबर रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । यस्तै रुपन्देहीकै मायादेवी गाउँपालिका ६ बाट १० बोरा प्याज ३ बोरा चिनी बरामद भएको छ । बरामद सामानको मूल्य ३४ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर ११ भुजौलीबाट ७ बोरा बेबारीसे अवस्थामा रहेको २९ हजार ५ सय मूल्य बराबरको प्याज र तरकारी बरामद भएको छ । बरामद भएका सामानहरु भैरहवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी भट्टले बताए ।









