रुपन्देही,२७ चैत ।
बाैद्व भिक्षुलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै बौद्ध सेवा समाज नेपालको जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बौद्ध सेवा समाजका अध्यक्ष घनश्याम गाहाकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा गएको टोलीले रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

चैत्र २४ गते काठमाडौको भद्रकालीमा बाैद्व भिक्षुमाथि भएको दुर्ब्यबहारकाे घटनाप्रती खेद प्रकट गर्दै समाजले उक्त घटनाको छानबिन गरि दोषी लाई कारबाही गर्न माग गरिएको छ ।

यसअघि ज्ञापनपत्र बाचन गर्दै समाजका महासचिव राधिका श्रीसले बाैद्व आस्थामाथि आँच आउने गरि भएको उक्त घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरि दाेषीलाई कारबाही गर्न र भविष्यमा त्यस्ता घटना दाेहाेरीन नदिने तर्फ सचेत हुन गृह प्रशासनसँग माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले ज्ञापनपत्र तत्काल मन्त्रालयमा पठाउने आश्वासन दिएको महासचिव श्रीसले जानकारी दिइन् ।