बुटवल,२७ चैत ।
नेपाल पत्रकार महासंघकाे सदस्यता शुद्धिकरण अभियानलाई टुङ्ग्याएर मात्रै साधारण सभा र अधिवेशन गर्न माग गर्दैन नेपाल प्रेस युनियनले महासंघको ध्यानाकर्षण गराएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार महासंघ रुपन्देही मार्फत महासंघ केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र बुझाएकाे हो ।
सदस्यता शुद्धिकरण जस्तो महत्त्वपूर्ण अभियान थाती राखेर महासंघको साधारणसभा तथा अधिवेसन घोषणा गरेकोमा विराेध जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको युनियनले जनाएको छ ।
युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालसहितको टोलीले महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउदै यथास्थितिमा साधारण सभा/अधिवेशन गरिए
त्यसका बिरूद्व युनियनले जस्ताेसुकै कदम चाल्न सक्ने चेतावनी दिइएको छ ।
महासंघले थालेको सदस्यता शुद्धिकरणमा युनियनले साथ दिईरहेकाे उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा सदस्यता शुद्धिकरणका लागि परेका हजारौं उजुरीलाई पाखा लगाएर साधारण सभा र अधिवेशनसंग सम्बन्धित कुनैपनि गतिविधि नगर्न आग्रह गरिएकाे छ ।
यो घटनाले पत्रकारहरुबीच तनाब सिर्जना हुने, महासंघको गरिमा घट्ने र विश्वास टुट्ने समेत युनियनले जनाएको छ । पुराना सदस्य राखेर महाधिवेसन गर्ने महासंघको कल्पना कोरा हुने युनियनले ठहर गरेको छ ।
जसलाई कारवाही गरेर हटाइएको छ उनीहरु राखेर गरिने साधारणसभा कसरी संभव छ भन्ने प्रश्न उठाउदै युनियनले शुद्दिकरणको नाममा हटाइएका सदस्यहरुको बहुमत हुने अधिवेसनले कुनै निर्णय गरेमा त्यसको जिम्मेवार स्वयं महासंघ हुनुपर्ने चेतावनी दिइएको छ ।
सदस्यता टुंगो नलगाई महासंघका जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै युनियन रुपन्देहीका अध्यक्ष नेपालले निर्णय सच्याउन महासंघको ध्यानाकर्षण गराइएको बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै महासंघ रुपन्देहीका अध्यक्ष राममराज पोख्रेललले शुद्धिकरणको बिषय नटुंगाइ अरु प्रकृया अघि बढ्न नहुने पक्षमा आफुपनि रहेको बताए । उनले युनियनले उठाएकाे मुद्धा जिल्लामा भन्दा पनि केन्द्रसंग सम्बन्धित रहेकाले हुवहु केन्द्रमा पठाउने जानकारी गराए ।









