चितवन,१७ फागुन ।
चितवनको रत्न नगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट बुधबार राति एक पैदल यात्री पुरुषको मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






