काठमाडौँ,१४ फागुन ।
आन्दोलनमा उत्रिएका लघुवित्त पिडितहरू नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका दुई दर्जन प्रहरीलाई फिर्ता बोलाइएको हो ।
सोमबार दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू एकाएक संसद् भवन छिरेर प्रदर्शन गरेका थिए । उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन् । यस मामिलामा गृहमन्त्रीसमेत असन्तुष्ट बन्दै सुरक्षा निकायका प्रमुखहरूसँग चासो राखेका छन् ।