काठमाडौँ,११ फागुन ।
‘बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा गएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाकाे बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको बैठक फागुन १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।






