काठमाण्डाै,११ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसअघि अख्तियारको टोलीले उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग उनीहरूले घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।