चितवन, ८ फागुन ।
चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक युवकको हत्या भएको छ ।

हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा आज बिहान करिब ७ बजे स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।