काठमाडौं,७ फागुन ।
एक महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसी रहेका छन् ।
उनलाई स्वयम्भू वृत्तले शनिबार बेलुका पक्राउ गरेको हो ।
स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ । केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।
केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत् रहेको बुझिएको छ । पिडित महिलाले जाहेरी दिएपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।