काठमाडौँ,६ फागुन ।
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।

त्यस्तै अख्तियारले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको अख्तियारले जनाएको छ ।