काठमाडौं,२६ माघ ।
नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको हो ।

प्रहरीले जारी गरेको सूचना अनुसार खुला तथा समावेसीसहित प्रहरी जवानमा एक हजार ८५६ जना माग गरिएको छ। यस्तै कार्यालय सहयोगीमा भान्सेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।

जस अन्तर्गत ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ ।

चैत ९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् ।