काठमाडौं,१९ माघ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई भ्रष्टाचार आरोपमा एक महिना कैद र ९ हजार जरिवाना तोकिएको छ ।
९ हजार रुपयाँ घुस लिएका वडाध्यक्ष कबडियालाई विशेष अदालतले एक महिना कैद र ९ हजार जरिवाना तोकेको हो ।
अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गर्दै उक्त सजाय हुने फैसला गरेको अख्तियारले जनाएको छ ।
कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेकाे अख्तियारकाे दाबी थियो ।






