काठमाडौं,९ माघ ।
यही २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले गत १६ कार्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।