काठमाण्डाै,८ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ ।
निर्वाचन आयोगले साेमबार विज्ञप्ति जारी गरि आज राति १२ बजेदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको हो ।
राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुदै छ ।
यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।
आउँदो फागुन २० गतेदेखि १९ राष्ट्रिय सभा सदस्य पद रिक्त हुने भएकोले निर्वाचन हुन लागेको हो ।







