काठमाण्डौ,६ माघ ।
आज पनि तराई, मधेशमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार तराईमा हुस्सु कुहिरोसँगै घाम पनि लाग्ने गरेकोले शीतलहरको अवस्था भने छैन । मौसमविदले शीतलहर नभने पनि तराई मधेशमा शीत र चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो बढेकाले घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
त्यस्तै उच्च पहाडी र हिमाली भेगका धेरै ठाउँमा हिउँ पर्ने माैसमविलले बताएका छन् । कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाड र उपत्यकामा आज पनि आंशिक बदली हुनेछ ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । काठमाण्डौको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।






