काठमाडौं,५ माघ ।
राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो ।
हुन्डी र सुन कारोबारको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । साथै अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।
विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ । अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।






