काठमाण्डाै,४ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी जारी गरेका छन ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।