काठमाडौँ,२९ पुस ।
एक महिलाले सर्वोच्च अदालतको गेट अगाडि मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार मध्यान्ह न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।
रावललेले आत्मदाह गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ । उनलाई वीर अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । गिरी र रावलबिच पारिवारिक विवाद रहँदै आएको बताइएको छ ।






