काठमाडौ,२५ पुस ।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर लामिछानेलाई आठ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए ।

लामिछानेलाई तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत अदालतले आदेश दिएको छ ।