काठमाडौँ,१३ पुस ।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् ।
आगजनगी गरिएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे भएको बताइएको छ ।
मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका हुन् । गाडी जलेर नष्ट भएको छ ।
कोरियाली भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेको थिए ।
जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।







