काठमाडाैं,६ पुस ।
कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । आज शुक्रबारसम्म एक लाख १० हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस काेरीया शाखाले जनाएको छ ।

पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकोमा शुक्रबार मध्यान्ह १२ बजेसम्म आवेदन दिन सकिने समय ताेकिएकाे थियो । अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ । तीन वर्षयता अनलाइनमार्फत इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएको हो ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो ।