बुटवल,२८ असार ।
आज लुम्बिनी,गण्डकी सुदूरपश्चिम र प्रदेश १ काा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








