बुटवल,१७ बैशाख ।
रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु घएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वबाट राेल्पाकाे जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो भीरबाट खसेको थियो । रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।
उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जलजला गएकाे बताइएको छ । प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो ।
दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नेटवर्कको समस्याका कारणले घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको प्रहरीकाे भनाइ छ ।








