बुटवल,१७ वैशाख ।
रोल्पामा भएको बाेलेराे जिप दुर्घटनामा मृतकको संख्या संख्या २० पुगेको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो थवाङ गाउँपालिका–१ जलजलामा भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार,हालसम्म २० जनाको मृत्यु भएको छ भने उद्धार कार्य जारी छ ।

लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।