बुटवल,६ असार ।
अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् शाक्यले बताइन् । यी प्रदेशमा अझै मनसुन सक्रिय नभएको मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यी प्रदेशमा हल्का वर्षा भएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै आज प्रदेश १, मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पर्ने सम्भावना रहेको छ ।
यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आज दिउँसो देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । हाल चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश–१ र मधेस प्रदेशमा मात्रै गनसुन सक्रिय रहेको बताइएको छ ।








