बुटवल,१ असार ।
नेकपा एमालेद्वारा प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले प्रदेश सभामा आर्थिक बर्ष २०७९/०८० काे वजेट पेस गर्ने तयारी गरिरहेका बेला एमालेले प्रदेश सभाको बैठक अवरुद्ध गरेको हो ।
सभामुख पुर्ण बहादुर घर्तीले सभाको कार्यबाही सुरु गर्न लागे लगत्तै नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेशकि स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वलीबाट मंगलबार दाङमा घटेको घटनाको बारेमा प्रदेश सरकारकाे धारणा नआएको भन्दै बिराेध जनाएका थिए ।

एमालेका सांसदहरूले आफ्नो ठाउँबाट उठेर बिराेध जनाएपछि २५ मिनेटका लागि बैठक स्थगित भएको छ ।
राज्यमन्त्री वलीकाे बिषयमा प्रदेश सरकारकाे धारणा नआएसम्म बैठक अवरुद्ध गर्ने एमालेले जनाएको छ ।