काठमाडौँ,९ असार ।
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ । पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।
प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लगेर राख्ने भने पनि राति नै सडकमार्ग मार्फत नै काठमाडौँ ल्याएको हो । काठमाडौं ल्याएर पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको र आजै अदालत पेश गर्ने बताइएको छ ।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।






