काठमाडौँ,१० असार ।
देशका केही भागमा आज अत्यधिक गर्मी महसुस हुने र पहाडी तथा हिमाली क्षेत्रका सहरहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी हुने सम्भावना रहेको छ ।

धनगढी र नेपालगञ्जमा तातो हावाको लहर अर्थात् लू चल्ने पूर्वानुमान छ, जहाँको अधिकतम तापक्रम क्रमशः ३८ देखि ४० र ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यसैगरी वीरेन्द्रनगर, घोराही र भैरहवामा पनि आजको दिन निकै तातो रहनेछ। सिमरामा भने दिउँसो आंशिक बादल लाग्ने अनुमान गरिएको छ भने यी क्षेत्रहरूमा दिउँसो वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ । रातिको समयमा धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमराको मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी र हिमाली क्षेत्रहरूमा भने आज दिउँसो मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । सङ्घीय राजधानी काठमाडौँ, पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र धरानमा दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ । ती क्षेत्रहरूमा वर्षाको सम्भावना ४० प्रतिशत छ । ताप्लेजुङमा भने दिउँसो ६० प्रतिशत वर्षाको सम्भावनाका साथै मध्यम वर्षा हुने अनुमान छ। यस्तै डडेलधुरा, दिपायल, जुम्ला, जोमसोम, जनकपुर र जिरीमा आज दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने देखिन्छ ।

आज रातिको मौसमी अवस्था हेर्दा धनकुटा, विराटनगर र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा कायमै रहने सम्भावना छ । काठमाडौँ, डडेलधुरा, दिपायल, पोखरा, ओखलढुङ्गा, जोमसोम, धरान र जिरीमा राति हल्का वर्षा हुनेछ। जुम्ला र जनकपुरमा भने रातिको समयमा आंशिक बादल लाग्ने तर वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।