बुटवल,३१ जेठ ।
नेपाल विद्युत प्राधिकरणको गैर जिम्मेवारी पनाले व्यवसाय धरासायी भएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विद्युत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष रामप्रसाद गौतमले कोभिड महामारीले थलापरेको
व्यवसायमा पछिलो केही महिनादेखि तङ्ग्रिन थालेको अवस्थामा फेरि अनियमित रुपमा विद्युत आपूर्तीले पेशा व्यवसाय धरासायी हुने अवस्थामा आएकोले ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
पेट्रोलियम पदार्थको आकासिदो मुल्यवद्धिले जेनेरेटर संचालनमा
समेत कठिन भएकोले नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण विना जानकारी लोड सेडिङ सरह पटकपटक लाईन जाने गरेकाले व्यवसायमा निक्कै समस्या उत्पन भएको तर्फ प्राधिकरण गम्भिर हुन पर्ने भन्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष गौतमले बताए ।
।
सो अवसरमा नगर उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले विद्युत आपूर्ति नियमित नहुनुमा कतै विद्युत
प्राधिकरण र इन्भटर व्यवसायीको मिलोमतो त रहेको छैन भनि
आशंका व्यक्त गरे ।
ज्ञापनपत्र बुझदै विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख
सुरेश कुमार महतोले गर्मी बढेसंगै खोला र नदीमा पानीको सतह कम हुँदै जाँदा अहिले विद्युत आपूर्ति नियमती हुन केही समस्या भएको बताए ।
व्यवसायी र जनताले आशंका गरेजस्तो लोडसेडिङ फेरि सुरु हुने भन्दा पनि अब पानी पर्ने बित्तिकै यी सबै समस्या समाधान हुने बताए ।
ज्ञानपन पत्र बुझाउने कार्यक्रममा बुटवलका होटल व्यवसायी र जनप्रधिनिधी हरुको सभगिता थियो ।






