बुटवल,२९ जेठ ।
समृद्धि फाईनान्स कम्पनी बुटवलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान गरिएको शाखा प्रवन्धक विष्णु प्रसाद रिजालले जानकारी दिए ।

समृद्धि फाईनान्स कम्पनीका प्रमुख सुजन अधिकारीले वित्तिय संस्थाहरुले आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहने बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ ,ज्योतिलाल विक,विम्वि सागररत्न शाक्य ,गौतम प्रसाद कालिराज, धनपति पौडेल, विमा शाक्य, युवराज अर्याल लगायतले आ आफ्नो भनाई राखेका थिए ।