बुटवल,२९ जेठ ।
लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम पारित भएको छ ।

आज बसेकाे प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारलेकाे आर्थिक बर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे ।

यसअघि प्रदेश सरकारकाे नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्य भाेज प्रसाद श्रेष्ठले दर्ता गराएको संसाेधन प्रस्ताव फिर्ता लिएका थिए ।

आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।