बुटवल,२५ जेठ । लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम आज प्रस्तुत हुदै छ ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको १०औँ अधिवेशनको छैठो बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो ।
अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गराइरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।






