बुटवल,१७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टोलीले रुपन्देहीको भैरहवा स्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सुचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले बताए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।






