बुटवल,१६ जेठ ।
पेट्रोलियम पदार्थ लगायत ईन्धनमा गरिएको मुल्यवृद्धिकाे बिराेधमा जनमुक्ति युवा संघ रूपन्देहीले तिलोत्तमाकाे भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि बिरोध पर्दशन गरेको छ।
बिरोध कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापाले जनताको ढाड सेक्ने गरि गरिएको मूल्य वृद्धि प्रती आपत्ति जनाउदै मुल्यबृद्वि फिर्ता लिन माग गरे । थापाले भल्वारी मा रहेको डिपो अत्यन्तै संबेदनसिल स्थानमा रहेको भन्दै तत्काल स्थान्तरण गर्न समेत माग गरे ।
बिरोध कार्यक्रमलाई सम्बाेधन गर्सै जनमुक्ति युवा संघका वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ्गले नेपाल आयल निगम भ्रष्टाचारको अखडा भएको बताउदै निगममा बसेर अकुत सम्पत्ति कमाएका पुर्व अध्यक्ष लगायतका कर्मचारी लाई सरकारले पक्ष पोसण गरेको आरोप लगाए ।
खरिद मुल्य भन्दा दाेब्बर मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेर निगमले जनताको ढाड सेक्ने गरि मुल्य वृद्धि गरेको भन्दै उनलेे तत्काल नेपाल सरकारले मुल्य बृद्वि फिर्ता लिनु पर्ने माग गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीले सधै नेपाल र नेपाली जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको भन्दै उनलेे अब सचेत नागरिक हरुले बुझ्ने र चिन्ने बेला आएकाे बताए ।
जनहित बिपरितका कार्यकाे पार्टीले सधै खबरदारी गर्दै आएको स्मरण गर्दै उनलेे सरकारले बेवास्ता गरे भोलिका दिनमा विध्वंसमा पनि उत्रिन सक्ने चेतावनी दिए ।
उनलेे यस्ता बेथितिका बिरुद्ध न्यायप्रेमी जनसमुदायहरु एक जुट हुन अपिल समेत गरे ।
भलवारी चोकमा भएको बिरोध कार्यक्रममा संघका जिल्ला अध्यक्ष एकु राना, सचीव डिबि थापा (बिबस) र पुर्व जिल्ला सचिव पहलसिंह राना लगायतले मुल्य बृद्वि तत्काल फिर्ता लिन माग गरेका थिए ।






