बुटवल,२४ बैशाख ।
आज पनि दिउँसोपख देशका धेरै ठाउँकाे माैसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

अहिले घाम लागे पनि बिस्तारै मौसम बद्ली हुँदै जाने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिईन् । दिउँसोपछि काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको उनलेे बताइन् । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।