बुटवल,३ बैशाख ।
नेपाल अडिटर्स एशोसियसन (अडान) का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक शंकट आउन नदिन अडिटरहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कर छली हुनबाट रोक्न अडिटरहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनले राज्यलाई आर्थिक शंकटमा फस्न नदिन अडिटरहरुले कर छली हुन नदिन थप चनाखो भएर अडिट गर्नुपर्नेमा जोड दिए ।
शनिबार बुटवलमा आयोजित नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीको छैठौं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले उक्त कुरामा जोड दिएका हुन् ।
उनले पेट्रोलियम पदार्थको खपथ कम गर्ने र बिदेशमा रहेका आफन्तहरुलाई बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन आग्रह गर्नुनै मुलुक तत्काललै आर्थिक शंकटमा फस्नबाट जोगाउने उपाय हुनसक्ने बताए ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा एशोसियसनका केन्द्रीय सचिबद्धय शंकर ज्ञवाली र साबित्रा शर्मा,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का,रुपन्देही उद्योग संघका माधव पौडेल,आइक्यान बुटवलका संयोजक शिवहरी शर्मा, एशोसियसन रुपन्देहीका उपाध्यक्ष काशीराम पोखरेल,सचिब रामप्रसाद पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने एशोसियसनका सदस्य कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।






