बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३÷०८४ को लागि झण्डै साढे ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ ।
आज बसेको १९ औं नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर ३ अर्ब ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
“समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर“ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि बुटवल उपमहानगरले तीन अर्ब ९९ करोड २२ लाख २१ हजार दुई सय रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदान मार्फत २९ करोड २२ लाख, संघीय ससर्त अनुदान चालु तर्फ ५० करोड २५ लाख,संघीय ससर्त अनुदान पुँजिगत तर्फ ७ करोड ४ लाख,संघीय बिशेष अनुदान पुँजिगत ९० लाख,संघीय समपुरक अनुदान पुँजिगत तर्फ २० लाख,प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान २ करोड ३ लाख ६५ हजार,प्रदेश ससर्त अनुदान चालु तर्फ ५६ लाख ५० हजार,प्रदेश ससर्त अनुदान पुँजिगत तर्फ १ करोड ७३ लाख,प्रदेश समपुरक अनुदान पुँजिगत तर्फ १ करोड ५० लाख,प्रदेश बिशेष अनुदान पुँजिगत तर्फ २० लाख,संघीय सरकार राजश्व बाडफाड बाट १९ करोड ४३ लाख ८६ हजार,प्रदेश राजश्व बाडफाड बापत २ करोड ७५ लाख,६१ हजार,स्थानीय आन्तरिक स्रोत बाट १ अर्ब ५० करोड ३८ लाख,५९ हजार २ सय,स्थानीय राजव बाडफाड अन्तर्गत बिज्ञापन र मनोरन्जन कर,दहत्तर बहत्तर बिक्रिबाट प्राप्त हुने ७८ करोड ७७ लाख ७८ हजार ८ सय तथा अघिल्लो बर्षको बाँकी ४० करोड गरी कूल ३ अर्ब ८५ करोड रहेको छ ।






