बुटवल,२ बैशाख ।
जितेश्वरी सामुदायिक वन उपभोक्ता समूह बुटवल उपमहानगरपालिका वडा नं १३ मा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको हो । समितिको अध्यक्षमा गंगा बहादुर के.सी चयन भएका छन् । जसकोे उपाध्यक्षमा शेरबहादुर गुरुङ र निर्धन गुरुङ, सचिवमा रिता घिमिरे, कोषाध्यक्षमा नमकला बेल्वासे र सहसचिवमा कमलप्रसाद खनाल चयन भएका छन् ।
समितिको सदस्यमा फुलमाया राना, पार्वती सुनार, नगेन्द्र पुन, लालबहादुर गुरुङ, गोबिन्द सुनार, कृष्णबहादुर पुन मगर, बालकुमारी रेग्मी, पूर्णकला भण्डारी, शुशिला घिमिरे, नविन थापा, नरसिं थापा, लोलराज पौडेल, बिष्णु थापा, भण्डारिनी देवी चौधरी, कृष्णबहादुर श्रीस, सोमबहादुर थापा, गंगाराम ढकाल, जनक गौतम, भिमा कुमारी दंगाल, श्यामप्रसाद बस्याल, इन्द्र बहादुर खत्री र झविलाल शर्मा चयन भएका छन् ।
साथै लेखा समिति संयोजकमा तारा गौडेल चयन भएका छन् भने सदस्यमा जित बहादुर राना र विष्णु कुमारी शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
निधारित समयमा सबै पदमा एकल उम्मेद्वारी परे पछि समितिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।
डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक जोगबहादुर खत्री,निर्वाचन मण्डलकै सदस्य डि आर घिमिरे,निवर्तमान अध्यक्ष जंग बहादुर श्रीस नवनिर्वाचित अध्यक्ष गंगा बहादुर के.सीले लगायतले आ आफ्नो भनाई राखेका थिए ।






