बुटवल,२५ फागुन । दई तीन दिन यता देशभरको अधिकतम तापक्रम बढ्दै गएको छ ।
काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने बुटवल,भैरहवा, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।
तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








