काठमाण्डाै,१३ फागुन । अहिले देशका धेरैजसो ठाउँको मौसम बदली भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

लुम्बिनी,सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ ।

राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताइन् । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिसम्म नै रहने छ । पर्सिदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

­