बुटवल,७ फागुन ।
७२ औ प्रजातान्त्र दिवसको अवसरमा नेपाल नियमित रक्तादाता संघ सैनामैना र ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको साझेदारीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक केसबराज कडेलको संयोजकत्व र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महामन्त्री कृष्ण पङ्गेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक नमराज पोख्रेल,नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी, संघका अध्यक्ष शंकर ज्ञवाली,सचिव पवन पोख्रेल लगायतले रक्तदानको महत्वको बारेमा प्रकास पारेका थिए ।
सैनामैना ४ पर्रोहा उप स्वास्थ चौकीमा सम्पन्न रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन भएको संघका सह कोषाध्यक्ष राजन भट्टराईले जानकारी दिए ।







