बुटवल,१० असोज ।
रुपन्देही प्रहरीले करिब ६ लाख १० हजार २०० मुल्य बराबरको १२ बोरा चिया पत्ति र ६६ पिस लेडिज सुट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले गयराती ९ः३० बजेको समयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ कोटहीमाई मन्दिर नजिकबाट करिब.६ लाख १० हजार २०० मुल्य बराबरको १२ बोरा चिया पत्ति र ६६ पिस लेडिज सुट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी,प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।