बाँके,२९ माघ ।
बाँकेमा थप एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत भेरीगङ्गा नगरपालिका ३ का ७० वर्षिय पुरुष रहेका छन् ।
उनको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

कोरोना विरुद्धको कोभिसिल्डको दुबै मात्रा खोप लगाएका उनलाई गत माघ २२ गते भेरी अस्तालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज मध्यान्हबाट सिकिस्त भएका उनको साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यससँग बाँकेमा उपचारका लागि अन्य जिल्लाबाट आएका कोरोना संक्रमित मृतकको संख्या ४४५ पुगेको छ ।