बुटवल,२९ माघ ।
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजना र परिचित बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा लागूऔषध दुब्र्यसनी न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार रुपन्देहीको तिलोत्तमा–१२, प्रगतिनगर महनाजोतमा आयोजित कार्यक्रममा बुटवल स्थित आस्था समुहका ट्रेनर खेमराज हिताङ्गले ४० भन्दा बढी युवा,बिद्यार्थी र अभिभावकहरुलाई लागूऔषध दुब्र्यसनी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएका थिए ।
क्लबका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता र तिलोत्तमा नगरपालिका वडा नं–१२ का वडा सदस्य हरि प्रसाद गौतमको प्रमुख आतिथ्यतामा एवं लियो काउन्सिल ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष लीलामणि न्यौपानेको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं १२ का वडा सदस्यहरु,सहकारीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयका युवा पुस्ता लागुऔषधको कूलततर्फ उन्मुख भएको अवस्थामा क्लबले त्यसको न्युनिकरणका लागि सचेतना जगाउने खालका कार्यक्रम गर्नु प्रशंसनीय भएको भन्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको क्लबका सचिब महेश ज्ञवालीले जानकारी दिए ।







