बुटवल,२४ माघ । आज लुम्बिनी प्रदेश सहित देशका धेरै ठाउँमा घाम लाग्ने जल तथा माैसम विज्ञान विभाग माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने छ ।
आज र भोलि मौसम सामान्यतया सफा रहने र पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।
उनकाअनुसार पर्सि लुम्बिनी, गण्डकी,सुदूरपश्चिमर कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने मौसमविद्काे अनुमान छ ।








