बुटवल,२३ माघ ।
रंक्तसंचार केन्द्र बुटवलको संयोजकमा समाजिक अभियान्ता तथा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन भएका छन्
।
लामो समयदेखि रेडक्रशमा रहेर समाजसेवामा क्रियाशिल पंगेनीलाई रक्तसंचार केन्द्रको संयोजकको जिम्मेबारी प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका आधाभन्दा वढि जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्तसंचार केन्द बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेबारी दिएको हो ।
रक्तसंचार केन्द्र नेपाल रेडक्रशसंग आवद्ध संस्था हो । पंगेनीले संयोजक चयन भएसंगैको पहिलो वैठकवाट सडक मानवहरुका लागि पुर्ण निशुल्क रगत वितरणगर्ने निर्णय गरेको बताए । सगत व्यवस्थापनमा लाग्ने व्याग, रिरिज लगायतको प्रशासनिक खर्च पुर्ण रुपमा निशुल्क बनाउने निर्णय गरिएको हो । यो अभियान विस्तारै अन्य समुहलाई पनि गरिने योजना रहेको पंगेनीले बताए । उनले रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपर्ने अवस्थाको श्रृजना गर्ने दावी गरे ।
संयोजकको पद वाहाली रक्तदान गरेर गरेको उनले बताएका छन् । रक्तदान जिवनदानको महत्वलाई वढाउनका लागि पदवाहालीसंगै रक्तदान गरेको उनको भनाई रहेको
छ ।
यस्तै आजैको रक्त संचार केन्द्र व्यवस्थापन समितिको वैठकले रंक्तसंचार उपकेन्द्र भैरहवाको संयोजकमा शुशिल गुरुङलाई चयन गरेको छ ।







