बुटवल,२३ माघ ।
सिद्वार्थ ग्रुप अफ हस्पिटालिटीले आफ्नो २४ औं बार्षिकोत्सव जटिल थाइलासिया रोगबाट पिडित बिरामी र उनिहरूका अभिभावकसँग मनाएको छ ।

आइतबार बुटवल स्थित सिद्धार्थ कटेजले थाइलासिया रोगबाट पिडित बिरामी र उनिहरूका अभिभावकसँग भोजन तथा जनचेतनामूलक कार्यक्रम गरी मनाएको हो ।
बार्षिकोत्सवको अवसरमा सिद्वार्थ ग्रुप अफ हस्पिटालिटीको तर्फबाट अति बिपन्न १५ जना थाइलासियाका बिरामीका लागि एक बर्षका लागि पुग्ने औषधी समेत हस्तान्तरण गरेको छ ।

आज बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजित एक कार्यक्रमकाबीच सिद्धार्थ कटेजका ब्रान्च म्यानेजर महेन्द्र न्यौपानेले बिरामीका अभिभावकहरुलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा थाइलासियाका बिरामीको उपचार हुदै आइरहेको बुटवल स्थित सिद्धार्थ,बाल तथा महिला अस्पताल आम्दाका डाक्टर अरूण पोखरेल,श्रीकान्त सुवेदी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतले उपचार सहज नभएको जटिल किसिमको सो रोगका बिरामीहरुको उपचारलाई सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्ता बिरामीहरुसँगको सम्पर्क र नियमीत उपचारका लागि अस्पतालमा छुट्टै बिभाग गठन गर्नुपर्ने र त्यसमा सरकारले सहयोग गर्नुपर्ने उनिहरुको भनाई थियो ।
२४ बर्ष अघि स्थापना भएको सिद्वार्थ ग्रुप अफ हस्पिटालिटीले बुटवल सहित राजधानी काठमाण्डौ,चितवन,पोखरा,नेपालगञ्ज,महेन्द्रनगर लगायत देशका प्रमुख शहरहरुमा आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।