बाँके,२० माघ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुष रहेका छन् । उनिहरूकाे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका काेराेना फाेकल पर्सन तेज ओलीले जानकारी दिए ।

८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १:५० बजे मृत्यु भएको थियो ।

८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।